अमेरिकामा बाल्टिमोर एसोसिएसन अफ नेपालीज (बाना) लाई यो प्रशंसा प्रमाणपत्र प्रदान गर्नुभएकोमा NEPALESE AMERICAN
SOCIAL ORGANIZATION (NASO) प्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सन् २००५ देखि विभिन्न गतिविधिमा संलग्न भई नेपाली परम्परा, संस्कृति र भाषाको संरक्षणका लागि गरेको प्रयासको लागि यो सम्मान पाउनु गौरवको कुरा हो ।
अमेरिकाको मेरिल्याण्डमा रहेका नेपाली समुदायबीच सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्नमा हाम्रो उल्लेखनीय योगदानको कदर गर्दै गर्नुभएको कदरको हामी उच्च सम्मान गर्दछौ । यो सम्मानले हामीलाई हाम्रो कामहरु अझ सक्रिय र बनाउन र समुदायलाई समृद्ध बनाउन उत्प्रेरित गरेको छ । अझ जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा यो प्रशंसाको प्रमाणपत्र स्वीकार गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो प्रतिष्ठित सम्मानको को लागी पुन: एक पटक धन्यवाद। हामी हाम्रो साझा लक्ष्यहरूमा सँगै काम गरिरहने र समुदायमा सकारात्मक प्रभाव पार्ने कुरामा सधै संगै रहने छौ ।