Baltimore Association of Nepalese in America

Bana Help Desk

+1 (410) 657-9373

April 20, 2024
८ बैशाख २०८१, शनिबार

बाल्टिमोरमा बस्नुहुने संपूर्ण नेपाली दाजूभाई दिदी बहिनीहरूलाई निर्वाचनको लागी समयमा नै सदस्यता लिनुहुन विनम्र अनुरोध गर्दछौं

बाल्टिमोरमा रहेका संपूर्ण संघसंस्थाका प्रतिनिधिज्युहरू नमस्कार

बाना कार्यसमिति २०१७-२०१९ को कार्यावधि केहि समय मात्र भएको हुँनाले यहि December 30 मा बसेको कार्यसमिति को बैठकले आगामी March 31st मा २०१९-२०२२ कार्यसमितिको लागी निर्वाचनको मिति तोकिएको हुँदा हाम्रो २०१८को संसोधित बिधान अनुसार निर्वाचन हुनुभन्दा दुई महिना पहिले सदस्यता बन्ने प्रावधान अनुसार आजको मिति देखि यहि 2019 को January 31st अन्तिम दिन बेलुकी ५:०० भित्र बाना कार्यालयमा सदस्यता लिई सक्नुपर्ने निर्णय पारित भएको हुँदा बाल्टिमोरमा बस्नुहुने संपूर्ण नेपाली दाजूभाई दिदी बहिनीहरूलाई समयमा नै सदस्यता लिनुहुन विनम्र अनुरोध गर्दछौं ।सदस्यता लिन विलम्ब गर्नुभएको खण्डमा र सदस्यता समयमा लिने मौका चुकाउनु भयो भने यहाँहरू आगामी कार्यसमितिको निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न बाट बन्तित हुने जानकारी पनि गराउदछौं ।

साथै हाम्रो सामुदायिक भवनको सहयोगार्थ नव बर्षमा खोलिने भनिएको राफल चिट्ठा विभिन्न कारणले खोल्न नसकिएकोले उक्त चिट्ठा पनि यहि March 15th मा खोलिने भएको हुँनाले राफल चिट्ठा र बानाको सदस्यता समयमा लिनुभई हामीलाई सहयोग गरिदिनहुन सबैलाई विनम्र अनुरोध गर्दछौं ।

हिरा लाल गुरूड.
महासचिव बाना

Leave a Comment

Your email address will not be published. Required fields are marked *