BANA Street Festival

बाना सडक महोत्सव-२०१८ (BANA Street Festival-2018)

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरीका (बाना) ले यो बर्ष पनी मेरील्यान्ड राज्यको बाल्टिमोरमा सडक महोत्सव गर्ने भएका छौ । “सडकमै खाउँ, सडकमै नाचौ र सडकमै रमाऔं” भन्ने मूल नाराका साथ बाल्टिमोरको टाउसनमा रहेको वासिंन्टन एभिन्यु क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाल बाहिर रहेर पनि नेपाली सकृतिको जगेर्ना गर्ने उद्देश्यले बिगत देखी नै गर्दै आएको महोत्सबमा नेपाली खानाका परिकारका साथ विभिन्न सास्कृतक कार्यक्रमहरु प्रस्तुत हुनेछन् ।
यहि अक्टुबर ७ तारीक आइतबारको दिन बिहान ११:३० बजेदेखी ५:३० बजे सम्म सञ्चालन हुने महोत्सवमा पाच हजार भन्दा बढी नेपाली तथा अमेरीकन समुदायले अबलोकन गर्ने लक्ष लिइएको छ । महोत्सवमा होटल तथा रेष्टुरेण्टहरुले मेला अवधिभर आफ्ना भान्छा सडकमै राख्ने र सडकबाटै सेबा दिने कार्यक्रम रहेको छ । साथै नेपाली सस्कृती झल्कने झांकी र बाजागाजा सहित टाउसन एरीया परिक्रमा गर्ने कार्यक्रम समेत रहेको छ । महोत्सवमा सास्कृतिक कार्यक्रम संगै लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच लगायतका कार्यक्रमहरु समेत गरिने छ । बाल्टिमोर क्षेत्र आसपास बस्नुहुनै सबैलाइ सडक महोत्सवमा उपस्थित भै कार्यक्रमको शोभा बढाइदिनुहुन हामि बिनम्र अनुरोध गर्दछौ ।

Date: 7th October, 2018
Time : 11:30 AM to 5:30 PM
Location: 400 Washington Ave, Towson, MD 21204-4609, United States (Between Pennsylvania Ave & Chesapeke Ave)

if you have any question just call us: 443-813-9252, 512-939-7172, 917-392-4147 or email: banaonline@gmail.com
for more details go
online at: www.banaonline.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *